कार्तिक १७, कैलाली । जिल्ला प्रहरी कैलालीले स्रोत नखुलेको रु.२८,००,३५०।- सहित २ जना भारतिय नागरिक पक्राउ गरेको छ।
हिजो कात्तिक १६ गते आइतबार अन्दाजी १७:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ मिलनचोक स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटि गएको प्रहरी टोलीले चालक देश भारत लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ को हरचित गुप्ताले चलाएको भारतिय नम्बर (UP 31 CN 1175) प्लेटको कार र उक्त कारमा सवार ऐ. ऐ. बस्ने बर्ष २९ को सागर गुप्तालाई चेकजाँच गर्दा निजहरुको साथबाट स्रोत नखुलेको २८,००,३५०।- (अठ्ठाइस लाख तीन सय पचास) नेपाली रुपैया र कार बरामद गरी निजहरु दुबैजनालाई नियन्त्रणमा लिई कार्यालयको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार सिंहले जानकारी दिनुभएको छ।