११ कार्तिक २०८२ बाँके ; बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ मा अवस्थित निलसागर सेवा आश्रम लाई कोहलपुर नगरपालिका ३ का युवाले विसहजार बराबरको खाध्यान्न ,जाडोयमका लत्ता कपडा सहयोग गरेका छन । सामाजिक उत्तरदायित्त्व अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर तिनका युवाहरूको सामुहिक सहभागितामा नेपालिहरुको चाँड तिहारको अवसरमा देउशि भैलो खेलेर प्राप्त भएको केहि विसहजार रकम बराबरको सामग्री कोहलपुर क्षेत्रमा बेसहाराहरुको सहारा बनेको निलसेवा आश्रममा सहयोग गर्न पाउदा आफुहरु अत्यन्तै खुसि रहेको हस्तान्तरण कार्यक्रममा सहभागि ब्याक्तिहरुले बताएका हुन। पछिल्लो समय देउशि भैलो खेलेर पिकनिक पार्टीहरु जस्ता कार्यक्रम आयोजना गरेर मात्र खर्च गरिने परम्परा चलिरहँदा युवाहरुले यसरी सहयोग गर्नु सकारात्मक कार्य रहेको र अरुले पनि कोहलपुर वडा नम्बर तिनका युवाहरु बाट सिक्नु पर्ने सामाजिक अगुवाहरुले बताएका छन। हाल करीब पन्ध्र जना बेसहाराहरु रहेको निलसेवा आश्रममा खानेपानीको समेत आभाव रहेको जसको ब्यवस्थापन यथा सक्य गर्नु पर्ने भन्दै सामग्री हस्तान्तरण कार्यक्रममा समन्वयको भुमिकामा रहेका युवा मानस शाही ठकुरीले स्थानीय सरकार संग माग गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय