१५ कार्तिक २०८२ कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रको सबैभन्दा धेरै उपभोक्ताहरुलाई पानी वितरण गर्दै आएको कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्थाको १० औं साधारणसभा शनिबार कोहलपुर नगरपालिकाको सभाहलमा भब्यताका साथ सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष टेक नारायण भुसालको अध्यक्षता र कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भएको साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष एवम निवर्तमान कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत ,वडाध्यक्ष संथाको क्षेत्राधिकार भएको वडाका प्रतिनिधिहरु, पत्रकार ,बुद्धि जिवि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
सभाको कार्यक्रमका प्रमुख अथिति आचार्यले कोहलपुर वृहत शहरी खानेपानी उपभोक्ता संस्था कोहलपुरको गौरबको आयोजना भएकोले यस्को संथागत विकासका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको बताएका छन । उनले थपे अहिलेको कार्यसमिति प्रति आफुलाई काम गर्न सक्छन भन्ने विस्वास रहेको बताउदै नागरिक लाई स्वच्छ खानेपानी खुवाउनका लागि कुनै पनि कसुर बाकि नराख्न अनुरोध समेत गरेका छन ।
साधारण सभामा उपस्थित प्रतिनिधिहरुका भनाइ लाई सुझाबका रुपमा आफुहरुले ग्रहण गरेको बताउदै संस्थाका अध्यक्ष भुसालले संस्थाको थप कार्य आगाडि बढाउनका लागि आफु र आफ्नो सिङ्गो कार्यसमिति लागि परेको बताउदै राज्यले नागरिकका लागि अन्य विकास निर्माणका लागि शत प्रतिशत सहयोग गर्ने भएपनि खानेपानी जस्तो क्षेत्रमा ७० प्रतिशत अनुदान दिने भएपनि ३० प्रतिशत ऋण लिनै पर्ने अवस्थाले अफ्ठ्यारो पारेको बताउदै आगामि दिनमा संथाको दीर्घकालीन समाधानका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छ्न ।
शनिबार उद्घाटन भएको १० औ साधारणसभा कार्यक्रम सम्पन्न पश्चात बन्द सत्र समेत सुरुवात भएकोमा अध्यक्ष सचिव र कोषाध्यक्षको प्रस्तुत प्रतिवेदन माथि छलफल गर्दै सर्वसम्मत पारित गर्दै साधारणसभा सौहार्दपुर्वक सम्पन्न भएको छ ।