कामतिलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले आयोजना गरेको प्रहरी दिवसको अवसरमा जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरी नायव उपरीक्षक कामतिलाई पुरस्कृत गर्नु भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका १० जिल्लामा उत्कृष्ट काम गर्ने विभिन्न तहका प्रहरी मध्यबाट जुम्लाका प्रहरी नायव उपरीक्षक कामति पुरस्कृत हुनु भएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईका अनुसार पुरस्कृत हुने ५ जना मध्य ४ जनाको नगद पुरस्कार भौतिक रुपमा र जुम्लाका प्रहरी नायव उपरीक्षक कामतिको पुरस्कार जिल्ला पठाईएको थियो । उहाँले नगद पुरस्कृत हुने कर्मचारीले उत्कृष्ट काम गरेको बताउनुभयो ।

प्रदेश प्रहरीले पुरस्कृत हुने कर्मचारीले जिम्मेवाली प्रति ईमान्दार, लगनशिल एवं कर्तब्यनिष्ठ रही उल्लेखनीय कार्य गरेको भन्दै नगद सहित पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय